PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

झापामा एचआइभी/एड्स संक्रमित घट्दै



पहिलोपोस्ट

झापामा एचआइभी/एड्स संक्रमित घट्दै

भद्रपुर :  झापामा पछिल्लो समयमा एचआइभी-एड्सबाट मृत्यु हुनेको संख्या घट्दै गएको छ। 

तीन वर्षमा १६ संक्रमितको मृत्यु भएको झापामा आर्थिक वर्ष २०७३/७४ असार मसान्तसम्मको एक वर्षमा तीन संक्रमितको मात्र मृत्यु भएको नाइट चेस क्लब अफ भद्रपुरले जनाएको छ। 

मेची अञ्चल अस्पताललगायत विभिन्न अस्पतालमा प्राप्त सुविधायुक्त प्रविधि र उचित उपचार सेवाकै कारण संक्रमितबाट मृत्यु हुनेको संख्या घट्दै जान लागेको क्लबका परियोजना प्रमुख गोविन्द पौड्यालले जानकारी दिए। 

खुला सिमानाको फाइदा उठाउँदै भारतका विभिन्न स्थानमा जाने र नेपाल फर्किने गर्दा संक्रमित झापामा बढ्ने गरे पनि पछिल्लो समयमा भने सो संख्या घट्दै गएको पौडेलको भनाइ छ। 

विसं २०७४ साउन मसान्तसम्मको एक आर्थिक वर्षमा क्लबले ५१० संक्रमितलाई ७४६ पटक सेवा प्रवाह गरेको छ। 

पछिल्लो ११ महिनामा ३९ पुरुष र ३५ महिलासमेत संक्रमित पत्ता लगाई आवश्यक उपचार सेवा प्रदान गरिएको क्लबका भद्रपुर इञ्चार्ज अशोक चौधरीको भनाइ छ। 

क्लबले ११ महिनाका अवधिमा एक हजार ९६४ थान कण्डम वितरण गरेको र संक्रमित ६५ जनालाई चिकित्सा सेवा दिएको चौधरीले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell