काठमाडौं : गायक तथा संगीतकार टंक बुढाथोकीको दशैँ विशेष गीति भिडियो सार्वजनिक भएको छ। टंकको स्वर रहेको 'दशैँ आयो परदेशीको मनै रुवायो' बोलको गीत मङ्गलबार रिलिज गरिएको हो।
दशैँका बेला परदेशमा रहेका नेपालीहरुको मनोदशालाई गीतको भिडियोले चित्रण गर्ने बताउँछन् गायक टंक। गीतमा शब्द तथा संगीत दिपक पाण्डेको रहेको छ। त्यस्तै एरेन्जर भने गायक टङ्क बुढाथोकी स्वयंमले गरेका हुन्।
समन अधिकारी र दिपेन्द्र थपलियाले खिचेको भिडियोमा बलराम, सुप्रिया, मोहन, लक्ष्मीको मुख्य फिचरिङ रहेको छ। भिडियो छायांकन दुबई, सारझाहा,आजमान ररासअलखैमामा गरिएको हो।