PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

लता मङ्गेश्करको कपिल शर्मालाई संदेश



पहिलोपोस्ट

लता मङ्गेश्करको कपिल शर्मालाई संदेश

एसियाको कोइलाको उपमा पाएकी भारतीय गायिका लता मङ्गेश्करले कमेडियन कपिल शर्माका लागि संदेश दिएकी छिन्। अस्वस्थताका कारण कपिल शर्मा शो बन्द हुने खबर पाएपछि उनले कपिलको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

बलिउड हंगामाले उल्लेख गरेअनुसार लताले भनिन्,'कपिलले हामी सबैलाई त्यती धेरै हाँसो र खुसी दिए। अहिले कार्यक्रम बन्द हुनु धेरै दु:खको कुरा हो। उनको स्वास्थ्य ठिक होस् र चाडै फर्किउन्।' उनले कपिलले आफूलाई निकै सम्मान गर्नेसमेत बताइन्। 'मलाई कार्यक्रममा आउनको लागि पनि निकै अनुरोध गरे। तर मैले गएर के गर्ने? म कार्यक्रम हेरेरै रमाउथे।'

लताको तर्फबाट संदेश पाएका कपिल पनि खुशी छन्। बेंगालुरुमा रहेका शर्माले भने,'म लता दिदीलाई कार्यक्रम पहिलेभन्दा धमाकेदार शैलीमा आउने जानकारी दिन चाहन्छु।' उनी ४० दिनका लागि एक आयुर्वेदिक क्लिनिकमा उपचारको लागि रहेको र आफ्नो स्वास्थ्यमा निकै सुधार आएकोसमेत बताएका छन्। बलिउड हंगामामार्फत नै कपिल शर्माले 'द कपिल शर्मा शो बन्द हुनु र उनको स्वास्थ्य स्थिति बिग्रनुको कुनै सम्बन्ध नभएको जानकारी दिए। भने,'मलाई केही समय ब्रेक चाहिएको थियो। मैले पाएँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell