PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

सप्तरीको सुरक्षामा कडार्इ, विशेष तालिमप्राप्त कुकुर परिचालन



पहिलोपोस्ट

सप्तरीको सुरक्षामा कडार्इ, विशेष तालिमप्राप्त कुकुर परिचालन

राजविराज :  आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमानाअन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

सम्बन्धित मतदान केन्द्रमासमेत प्रहरी टोली पठाइसकेको उनले बताए। त्यस्तै, लागूऔषध र विष्फोटक पदार्थको खोजी गर्ने विशेष तालिम प्राप्त जर्मन शेफर्ड कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ। 

शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सप्तरी जिल्लामा करिब चार हजार नेपाल प्रहरी र दुई हजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। 

सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन्। जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेका बताइएको छ। 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने उद्देश्यका साथ जिल्लामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। 

सप्तरीमा तीन लाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी रहेका छन्। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell