काठमाडौं : कागेश्वरी मनहरा बस्ने मकवानपुरको बसामाडी–६ का ३३ वर्षीय निमा रिन्जीन र सिन्धुपाल्चोकको फुलपिङ्गकोट–३ का १९ वर्षीय राज कार्की अमेरिकी डलरसहित प्रकाउ परेका छन्।
उनीहरुलार्इ १ सय दरका १ सय ८८ थान र ५० दरका २४ थानगरी जम्मा २० हजार अमेरिकी डलरसहित मंगलबार प्रहरीले पक्राउ गरेको हाे।
कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारस्थित बागमती पुलमा बा.१९ प ६०५६ नम्बरको मोटरसाइकलमा अाउदै गर्दा जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।