PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन



पहिलोपोस्ट

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

  • सुरेन्द्र भण्डारी 
झापाः सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन्। 

झापाको बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अतिविपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी, श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन्। 

आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उनीहरुले रकम जुटाएर सहयोग गरेका हुन्।

फूलकुमारीको उपचारका लागि फेसबुकबाटै दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो। उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छिन्। 

छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहेका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाएका थिए। 

अभियानबाट जुटेको रकमले फूलकुमारीको उपचार गराएपछि उनले नयाँ जीवन पाएकी हुन्। 

सहयोग पाएपछि फूलमायाको क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ। सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन्।

सवैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

सामाजिक कार्य गर्न रुचाउने राजवंशीले यसअघि पनि आर्थिकरूपले अति विपन्न परिवारका लागि सहयोग गर्दै आएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell