PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पर्दा पछाडि निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको विष्णु पौडेलको दाबी



पहिलोपोस्ट

पर्दा पछाडि निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको विष्णु पौडेलको दाबी

इटहरी :  नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको बताएका छन्। 

इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको फुटसल खेल मैदानको उद्घाटनपछि पौडेलले देशमा संवैधानिक रिक्तता ल्याएर अस्थिरता पैदा गर्न खोज्ने षड्यन्त्रविरुद्ध सबैले मिलेर पर्दाफास गर्नुपर्ने बताए।

उनले अब सबै नेपाली मिलेर संविधानका पूर्ण कार्यान्वयनसँगै देशलाई समृद्ध पार्ने साझा अभियानमा एक ढिक्का भएर अघि बढ्न जरुरी रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell