PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

स्याङ्जामा वार्षीक २७  मेट्रिक टन मह उत्पादन



पहिलोपोस्ट

स्याङ्जामा वार्षीक २७  मेट्रिक टन मह उत्पादन

स्याङ्जा :  आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ। 

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी तिलक डिसीका अनुसार हरेक वर्ष मौरीका घार वितरण र मौरीपालन सम्बन्धी तालिम दिएका कारण कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन्। 

कार्यालयले युवा लक्षित मौरीपालन कार्यक्रम सञ्चालन गर्न एक लाख ८० हजार अनुदान दिएसँगै मौरीपालन गर्ने कृषकको संख्यामा वृद्धि भएको हो।

कार्यालयले गत अार्थिक वर्षमा तीन सय आधुनिक घार तथा ५० वटा मौरीसहितका घार वितरण गरेका सूचना अधिकारी डिसीले जानकारी दिए। अहिले जिल्लाका विभिन्न स्थानमा चार हजार पाँच सय आधुनिक घार तथा करिब एक हजार मुढे घारमा मह उत्पादन हुँदै आएको छ। 

उत्पादन भएको कूल २७ मेट्रिक टन महमध्ये २२ मेट्रिक टन आधुनिक घारबाट र पाँच मेट्रिक टन मुढे घारबाट उत्पादन भएको हो। 

बीस मेट्रिक टन मह बिक्रीबाट दुई करोड आम्दानी भएको डिसीले बताए।

जिल्लाका किसानले सेरेना जातको मौरीपालनलाई व्यावसायिक रुपमा अगाडि बढाएका छन्। यहाँ उत्पादित मह पोखरा, बुटवल, भैरहवा, काठमाडौंमा बिक्री हुने गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell