
दक्षिण कोरियाको साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन्।
उक्त रकम महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकरीलाई हस्तान्तरण गरेका छन्।
महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढिपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरेका छन् । कम्पनीले सुरु गरेको माथिललो त्रिशुली–१ जलविद्युत् आयोजनाका विषयमा पनि जानकारी लिए।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले त्रिशुली–१ परियोजान भूकम्पका कारण समस्या भए पनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराए। च्याङले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन आग्रहसमेत गरे।
उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा सम्बन्धित निकायसँग कुरा गर्ने बताए।