PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

रामचन्द्र पौडेलको आश्वासनः कांग्रेसको जितपछि काममा ढिलासुस्ती हुन्न



पहिलोपोस्ट

रामचन्द्र पौडेलको आश्वासनः कांग्रेसको जितपछि काममा ढिलासुस्ती हुन्न

सिरहाः  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल–भारत सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।

सिरहाको तिलाठीकोलाडी गाउँपालिकाको चुनावी सभालाई सम्बाेधन गर्दै पौडेलले सीमा क्षेत्रमा बेलाबेलामा देखिने गरेका समस्या समाधानका लागि कांग्रेसले पहल गर्ने बताए।

उनले नेपाली कांग्रेसले स्थानीय तहमा जित हात पारेपछि जनताका दैनिक काम कारबाहीमा ढिलासुस्ती हुन नदिने प्रतिवद्धता जनाए।

पौडेलले सिरहाको हनुमान नगर कन्कालिनी नगरपालिका, सुरुङ्गा, शम्भुनाथ, अग्नी सायर  , कृष्ण श्रवण, तिरहुती गाउँपालिकामा आयोजित चुनावी सभालाईसमेत सम्वोधन गरेका छन्। 

असोज दुई गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि नेपाली कांग्रेसका शीर्ष नेताहरु तराई झरेका छन्। उनीहरु मत माग्न घरदैलो अभियानमासमेत जुटेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell