PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

बाढीप्रभावित क्षेत्रमा छिटो घर बनाउने गरी योजना बनाउन गृहमन्त्रीको निर्देशन



पहिलोपोस्ट

बाढीप्रभावित क्षेत्रमा छिटो घर बनाउने गरी योजना बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं  : गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्। 

गृह मन्त्रालयमा आज आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री शर्माले तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा छ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउन निर्देशन दिए।

उनले विस्थापितहरुको तथ्यांक तयार गर्न निर्देशन दिँदै अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नुपर्ने बताए। 

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ। 

यस्तै बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णयसमेत बैठकले गरेको छ। 

बैठकमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले नीतिगत कमजोरीका कारण विपद्सम्बन्धी कार्य युद्धस्तरमा हुन नसकेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell