PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सञ्चारमन्त्रीले भने– मुलुक अब समृद्धिको दिशातर्फ



पहिलोपोस्ट

सञ्चारमन्त्रीले भने– मुलुक अब समृद्धिको दिशातर्फ

धुलिखेल :  सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकले प्राप्त गरेको संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउनुपर्ने बताएका छन्। 

बनेपा ब्वाइज क्लबले आयोजना गरेको बनेपा महोत्सवको उद्घाटन गर्दै मन्त्री बस्नेतले अहिलेको संविधानलाई कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएका बताए। 

पहिलो र दोस्रो चरणमा भाग नलिएका राजनीतिक दल पनि भाग लिन थालेकामा उनले खुसी व्यक्त गरे। 

मन्त्री बस्नेतले भने,‘सबै दल निर्वाचनमा सहभागी भइसकेकाले अब राजनीतिक एजेण्डाको रुपमा हामीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सिध्याएर मुलुकलाई समृद्धतिर लैजानु पर्नेछ।’ रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell