काठमाडौै: नेपथ्यले आफ्नो रजत उत्सव पारेर नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकाे छ। यस पटक सरल गीत ‘मै मरि जाउँला’को भिडियो सार्वजनिक गरेकाे हाे। स्थापनाको २५ वर्ष पुगेकाे अवसरमा ब्याण्डले आफ्ना श्रोतालाई वर्षभरि म्यूजिक भिडियो उपहार दिने घोषणासमेत गरेको छ।
सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौँ एल्बम ‘ऐनाझ्याल’बाट लिइएको हो।
गीतमा समावेश गरिएकाे शब्द लाङटाङ भेगकाे लोकभाकामा आधारित छ। नेपथ्यले आफ्नो आधिकारीक युट्युब च्यानल घोषणासँगै स्वतन्त्र रुपमा म्यूजिक भिडियो राख्दै आएकोमा यो आठौँ म्यूजिक भिडियो बन्न पुगेको छ। च्यानलमा अहिलेसम्म राखिएका प्रत्येक गीतलाई श्रोताहरुको धेरै मात्रामा हेर्दै आएका छन्।
‘मै मरि जाउँला’तामाङ सेलोमा आधारित भाका हो। गीतकाे शब्दहरुले वैदेशिक रोजगारीकाे मनका बेदनालाइ बोकेको छ। आफन्त छाडेर विरानो देशमा जाने युवाहरुले फेरि परिवारको अनुहार देख्न पाउँदैनन् की भन्न् पीडा भावलार्इ गीतले बाेकेको छ।
यस गीतकाे म्यूजिक भिडियोलाई ‘सिम्पल लिरिकल भिडियो’मा तयार पारिएको छ। अन्तर्राष्ट्रिय म्यूजिक भिडियो तयार पार्ने यो आधुनिक ट्रेण्ड को नयाँ प्रयोग नेपाली भिडियोमा गरिएको बताएको छ।
‘हामीले हरेक एल्बममा औसत दश वटा गीत समावेश गर्दै आइरहेका छौं,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भने। उनले थपे ‘त्यसमध्ये एकाध गीतहरु मात्र लोकप्रिय हुन्छन् र बाँकी ओझेलमा पर्छन्। त्यस्तै भाग्य बोकेको यो गीतको धेरैपछि म्यूजिक भिडियो बनेर युट्युबमार्फत सार्वजनिक हुँदा असाध्यै खुशी लागेको छ।’
नेपथ्यले अष्ट्रेलिया र न्यूजिल्याण्डको सांगीतिक भ्रमण सकेर आएपछि यो गीतलाई सार्वजनिक गरेको हो ।
‘गीत सार्वजनिकसँगै हाम्रो भिजुअल टिम फेरि अर्को गीतको म्यूजिक भिडियो तयार पार्ने काममा लागिसकेको छ,’ नेपथ्यका किरणकृष्ण भने।,
यसलाई नेपथ्यको च्यानल YouTube.com/nepathyaofficial मा हेर्न सकिन्छ।