PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मन्त्री भएपछि फुर्सद नहुने रैछ : खेलकुदमन्त्री राजन केसी



पहिलोपोस्ट

मन्त्री भएपछि फुर्सद नहुने रैछ : खेलकुदमन्त्री राजन केसी
फाइल फोटो

काठमाडौं : शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपालको मन्त्री परिषद्ले हाफ सेन्चुरी हानिसक्यो। देउवा क्रिजमा अझै नटआउट छन् र भन्छन् म थप रन हान्छु (मन्त्री थपिन सक्छ)।

सरकारमा मन्त्री र राज्यमन्त्रीहरु धेरै भएको कारण मन्त्री क्वाटरको समेत अभाव भइरहेको छ। यती धेरै मन्त्रीले के के गरिरहेका छन्? कती योजना बनाएका छन्? कसैलाई थाहा छैन।

तर, त्यसै मन्त्रीमण्डमा रहेका युवा तथा खेलकुद मन्त्री राजनकुमार केसी भने मन्त्री भएपछि फुर्सद नहुने रैछ भन्दै काम गर्न नभ्याएको बताए।

बुधबार स्पोर्ट्स मेडिसिन नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री केसीले दुई दिन अघि उक्त पुस्तक पढ्न दिए पनि समय नभएर पढ्न नभ्याएको भन्दै फुर्सद छैन भनेका हुन्। 'मन्त्री भएपछि फुर्सद नहुँदो रैछ। दुई दिनअघि प्रकाशकले मलाई पुस्तक दिनभए पनि समय नमिलेकाले पढ्न भ्याएको छैन।' मन्त्री केसीले उक्त पुस्तक विमोचन गर्दै भने।

दुई दिन मात्र लनटेनिसको उद्घाटन गर्न पोखरा पुगेका मन्त्री केसी काठमाडौंमा भएको पल्सर स्पोर्ट्स अवार्डमा समेत उपस्थित हुन सकेका थिएनन्।

उनले पूरै नपढे पनि पुस्तक सरसर्ती हेरेको र नेपालको खेल क्षेत्रका लागि अत्यन्त उपयोगी हुने बताए। 'सम्भवत यति डिटेलमा गएर नेपाली र अंग्रेजी दुवै भाषामा यस्तो खालको पुस्तक प्रकाशन भएको यो पहिलो हुनुपर्छ। नेपाली खेलकुद र खेलाडीहरुका लागि यो कोशेढुंगा हुने विश्वास लिएको छु।'

मन्त्री केसीले खेलकुद विकासका लागि पूर्वाधार बनाउँदै गरेको र अब खेलकुद र स्पोर्ट्स मेडिसिन जस्तो विधालाई पनि विश्वविद्यालय कलेज स्तरमा राख्नु पर्नेमा जोड दिए। अब त्रिविमा बिएस्सी र एमएसीमा पनि स्पोर्ट्सलाई पाठ्यक्रममा राख्ने भन्ने छलफल भइरहेको छ। अब स्पोर्ट्सको पनि करिकुलम बन्नुपर्छ। फ्याकल्टी बन्नुपर्छ।

यस्तै मन्त्री केसीले नेपालका विभिन्न क्षेत्रमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउनको लागि प्रस्ताव गरेको र मनाङको तिमाङमा एउटा बन्न लागेको बताए। कोरला, जुम्ला, हेलम्बु र लुखुम्बुमा पनि हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउनका प्रस्ताव गरिएको बताए।

उनले यो नेपालको लागिमात्र नभएर विश्वकै खेलाडीका लागि केन्द्र विन्दु हुने प्रतिक्रिया दिए। हाई अल्टिच्युड सेन्टर नेपालमा बन्नुपर्छ। यसले नेपालका खेलाडीलाई मात्र नभई विश्वकै खेलाडीलाई आकर्षण गर्छ। हाई अल्टिच्युडमा ट्रेनिङ गर्ने खेलाडीलाई नर्मल स्थानमा खेल्न गाह्रो नहुने उनको भनाई छ।

यस्तै फरक प्रसंगमा खेलकुद मन्त्री केसीले क्षती ग्रस्त रंगशालाको पूनर्निर्माणको काम दुर्त गतिमा अघि बढिरहेको बताए। पूर्वी क्षेत्रको प्याराफिट भत्काउन थालिसकेको छ। अब तीन महिनामा भत्काइसक्नु पर्नेछ।

उनले अब हेभी स्ट्रक्चरको सट्टा नर्मल खालकव अर्टिस्टिक फाइबर राखेर बनाउन निरद्शन दिएको बताए। भुकम्पका कारण क्षतिग्रस्त भएको दुई वर्ष बितिसक्दासमेत नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला अझै बन्न सकेको छैन।

मन्त्री केसीले विश्वमा ६ महिनामा स्टेडियम नै तयार हुने बताउँदै नेपालमा भने ६ महिनामा ढलानसमेत नहुने भन्दै कामप्रती व्यङ्य गरे।

मन्त्री नियुक्त भएको केही समयपछि नै राजन केसीले नेपालको सातै प्रदेशका एक-एक वटा रंगशाला निर्माण गर्ने घोषणासमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell