PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बङ्गलादेश जाने क्रममा मृत्यु हुने रोहिङ्गाको संख्या एक सय पुग्यो



पहिलोपोस्ट

बङ्गलादेश जाने क्रममा मृत्यु हुने रोहिङ्गाको संख्या एक सय पुग्यो

बङ्गलादेश :  म्यानमारका रोहिङ्गा समुदायका नागरिकमाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ। 

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीबाट पार गर्ने क्रममा उनीहरुको ज्यान गएको हो। त्यस समयदेखि आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्। 

तीमध्ये कतिपय नदीले बगाएकोले शव पनि भेटिएको छैन। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका परेका छन्। तर, सङ्ख्या भने स्पष्ट छैन। 

म्यानमारको रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएपछि यस समुदायमाथि भएको ज्यादतिको विषयमा विवाद सुरु भएको छ। 

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण दशौँ हजार व्यक्ति राखिन राज्यभित्र पनि विस्थापित भएका छन्। विस्थापित यी व्यक्तिहरू पहाडी इलाकामा खाद्य पदार्थ, पानी, आवास र औषधि उपचार बिना नै बसेका छन्। 

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या कम्तीमा पनि तीन लाख पुगेको छ। उनीहरुलाई त्यहाँ खान र बस्नका लागि आधारभूत आवश्यकताको व्यबस्था नरहेको बताइन्छ। 

उनीहरुले नदी तर्ने क्रममा माछा मार्ने र कमसल डुंगा प्रयोग गर्ने गरेका कारण पनि यस्तो दुर्घटना भएको हो। सानो डुंगामा धेरै जना बस्ने गर्नाले डुंगा डुब्ने र धेरै व्यक्ति त्यसैका कारण डुब्ने गरेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell