PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

नाकाबन्दीपछि उत्तर कोरिया बन्यो क्रुद्ध, आणविक परीक्षण झनै बढाउने चेतावनी 



पहिलोपोस्ट

नाकाबन्दीपछि उत्तर कोरिया बन्यो क्रुद्ध, आणविक परीक्षण झनै बढाउने चेतावनी 
फोटो श्रोतः cnbc.com

प्योङयाङ :  संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्धमा थप कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको छ। 

सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्ध नाकाबन्दीको कानुन पारित गरेको थियो। 

उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो। 

अमेरिकाको प्रस्तावमा उत्तर कोरियाविरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको छ। 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– यसका विरुद्धमा अमेरिकाले ठूलो मूल्य चुकाउनु पर्नेछ । 

सोमबार चीन र रुसको पनि सहमति र सुरक्षा परिषद् वैठकको सर्वसम्मतिमा कानुन पारित गरिएको हो। उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ। 

उत्तरले गत हप्तामात्र एक शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको थियो। 

त्यसका विरुद्धमा यो पछिल्लो नाकाबन्दी आएको हो। यस कार्यलाई उत्तर कोरियाले निन्दा गर्दै आणविक परीक्षणको कार्य नरोकिने बरु थप बढाउदै लाने जनाएको हो। 

विश्व समुदाय एवम् संयुक्त राष्ट्रसंघले व्यापक मात्रामा विरोध गर्दा गर्दै पनि उत्तर कोरियाले आणविक क्षेप्यास्त्र हान्ने गरेको छ। उसले सन् २००६ देखि नै निरन्तर रुपमा यस्तो परीक्षण गर्दै आएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell