PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बाघको छालासहित बूढानिलकण्ठबाट एक जना पक्राउ



पहिलोपोस्ट

बाघको छालासहित बूढानिलकण्ठबाट एक जना पक्राउ

काठमाडौं : प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बुधबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ८ गणेश चोकबाट सुर्खेत चिसापानीका ६३ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो।

शाहीको साथबाट प्रहरीले एक थान बाघको छाला बरामद गरेको छ। प्रहरीले शाहीलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ।

दुर्लभ बन्यजन्तुको कारोवारमा संलग्नलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell