PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

स्पोर्ट्स मेडिसिन पुस्तक सार्वजनिक



पहिलोपोस्ट

स्पोर्ट्स मेडिसिन पुस्तक सार्वजनिक

काठमाडौं : खेलाडीहरुको स्वाथ्य, चोट र खानपानको विषयवस्तु समेटिएको स्पोर्ट्स मेडिसिन नामक पुस्तक सार्वजनिक भएको छ। बुधबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले एक कार्यक्रमका बीच स्पोर्ट्स मेडिसिन पुस्तकको विमोचन गरे।

नेशनल एकेडेमी अफ स्पोर्ट्स साइन्स नाम्स पोखराले प्रकाशन गरेको उक्त पुस्तक विभिन्न चार भागमा वर्गिकरण गरिएको छ। डा. पदमबहादुर खड्का, डा. चैतन्य अधिकारी, विजय काफ्ले, रविराज बसौला, सरोज पाण्डे र सुश्मा क्षेत्री मिलेर लेखेको पुस्तकमा फस्ट एड, स्पोर्ट्स इन्जुरीज, डाएट एण्ड न्युट्रिसन, एक्सरसाइज साइन्स, ड्रग्स एण्ड डोपिङ र फिजियोथेरापी जस्तो विषय समेटिएको छ।

पुस्तक विमोचनपछि युवा तथा खेलकुद मन्त्री राजन केसीले नेपालको खेल क्षेत्रका लागि पुस्तक अत्यन्त उपयोगी हुने बताए। 'सम्भवत यती डिटेलमा गएर नेपाली र अंग्रेजी दुवै भाषामा यस्तो खालको पुस्तक प्रकाशन भएको यो पहिलो पटक हुनुपर्छ। नेपाली खेलकुद र खेलाडीहरुका लागि यो कोशेढुंगा हुने विश्वास लिएको छु।'

मन्त्री केसीले खेलकुद विकासका लागि पूर्वाधार बनाउँदै गरेको र अब खेलकुद र स्पोर्ट्स मेडिसिन जस्तो विधालाई पनि विश्वविद्यालय कलेज स्तरमा राख्नु पर्नेमा जोड दिए। अब त्रिविमा बिएस्सी र एमएसीमा पनि स्पोर्ट्सलाई पाठ्यक्रममा राख्ने भन्ने छलफल भइरहेको छ। अब स्पोर्ट्सको पनि करिकुलम बन्नुपर्छ। फ्याकल्टी बन्नुपर्छ।

पुस्तकका प्रकाशन तथा लेखकसमेत रहेका पदमबहादुर देवकोटाले पुस्तक केही नभएको ठाउँमा केही भाको जस्तो भएको बताए।

खेलेपछि इन्जुरी हुने तर, त्यसलाई कसरी राम्रो तरिकाले उपचार गराउने र फस्ट एड गर्ने भन्ने उदेश्यका साथ पुस्तक लेखेको बताए। यस्तै इन्जुरीको प्रोपर ट्रिटमेन्ट र बैलैमा रिह्याव हुनुपर्ने बताए।

राम्रोसँग ट्रिटमेन्ट र रिह्याव नभएकै कारण नेपालका राष्ट्रिय महिला भलिबल खेलाडी सिपोरा गुरुङ र राष्ट्रिय टोलीबाट खेलिसकेका क्रिकेटर पृथु बास्कोटाको खेल जीवन सकिएको उनले बताए।

धेरै प्रतिभावान् खेलाडी चोटका कारण खेलबाट टाढा हुनु परेको तर, अब यो पुस्तकले त्यसमा केही सहयोग पुर्‍याउन देवकोटाले विश्वास लिएका छन्।

देवकोटाले पोलिसी लेभलमा बसेको मान्छेले खेलकुदका लागि काम गर्नुपर्ने भन्दै खेलाडीको बिमा गर्ने, स्पोर्ट्स युनिभर्सिटी बनाउने र स्पोर्ट्स मेडिसिन र रिसर्च सेन्टरलाई व्यवस्थित पार्नुपर्ने सुझाव छ।

स्पोर्ट्स मेडिसिन पुस्तकबारे नेपाली खेलकुद क्षेत्रमा ६ दशक बिताइसकेका डा. खगेन्द्र बहादुर श्रेष्ठ, डा. सुबेन्दु गुप्ता, डा. रमेश ढकाल र विजय काफ्ले पुस्तकबारे आ-आफ्नो धारणा राखेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell