PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

साफ यू-१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन, अब ५ टिमको राउण्ड रोविन लिग हुने



पहिलोपोस्ट

साफ यू-१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन, अब ५ टिमको राउण्ड रोविन लिग हुने

काठमाडौं : श्रीलंकाले सहभागिता नजनाउने भएपछि दक्षिण एसियाली फुटबल महासंघ साफले भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरेको छ। यसअघि नै पाकिस्तानले आन्तरिक कारण देखाउँदै प्रतियोगिता नखेल्ने बताएको थियो।

अब श्रीलंकाले पनि नाम फिर्ता लिएपछि जम्मा ५ टिम मात्र बाँकी भएर छ। अब साफ यू-१९ च्याम्पियनसिप राउण्ड रोविन लिगमा हुनेछ। प्रत्येक टिमले सहभागी अन्य सबै टिमसँग एक-एक पटक खेल्नेछ। लिगपछि सबैभन्दा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ।

यसअघिको खेल तालिकामा नेपाल, माल्दिभ्स र श्रीलंका समूह बी मा थिए। श्रीलंकाले नाम फिर्ता लिएपछि नेपाल र माल्दिभ्स सेमिफाइनलमा पुग्ने पक्का थियो। तर आयोजकले खेल तालिका परिवर्तन गरेपछि सबैले सबैसाग खेल्नुपर्ने भएको हो।

भुटानको थिमुपस्थित चालमिथाङमा यही सेप्टेम्बर १८ देखि २७ सम्म हुने च्याम्पियनसिपको खेल तालिका भने परिवर्तन गरिएको छैन।

यू-१८ साफ च्याम्पियन दुई वर्षअघि काठमाडौंमा भएको यू-१९ साफ च्याम्पियनसिपको परिवर्तिन संस्करण हो। त्यसबेला नेपालले भारतलाई हराउँदै उपाधि जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell