PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

कमल थापाले भनेः केही भ्रष्ट र सत्ता लोभीहरूले पार्टी फुटाए



पहिलोपोस्ट

कमल थापाले भनेः केही भ्रष्ट र सत्ता लोभीहरूले पार्टी फुटाए

पोखराः  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको आरोप लगाएका छन्।

पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई पोखरामा सम्वोधन गर्दै अध्यक्ष थापाले राप्रपालाई कमजोर बनाउन लागिपरेकाहरुलाई परास्त गर्दै राप्रपालाई नेपालको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगबाट स्थापित गराएरै छाड्ने प्रण गरे।

पार्टी विभाजनमा पशुपतिशम्सेर राणा केवल मोहरा मात्र भएको उल्लेख गर्दै अध्यक्ष थापाले पार्टी एकीकरणसँगै आएका केही भ्रष्ट र सत्ता लोभीहरूको क्षणीक स्वार्थपूर्ति भएपनि त्यो दिगो नहुने बताए।

थापाले पार्टी विभाजनबाट विचलित नभई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell