PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

कमलाद्वारा भारोत्तोलनमा तीन राष्ट्रिय किर्तिमान



पहिलोपोस्ट

कमलाद्वारा भारोत्तोलनमा तीन राष्ट्रिय किर्तिमान

काठमाडौं : नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रङ्गेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएकी छिन्।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथै कुलमा १४३ केजीका साथ आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भएकी हुन्। यसअघि यस विधामा २०७० मा काठमाडौंमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीको नामम स्नाचमा ३५, क्लिनमा ५३ र कुलमा ८८ केजी तौलको किर्तिमान कायम थियो। यस विधामा नेपाली सेनाकी मनिता श्रेष्ठ ६१ र ८० केजी गरि कुल १४१ केजीका साथ दोश्रो भईन्।

यसै तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ केजी, क्लिनमा ६८ केजीका गरि कुलमा १२३ केजीका साथ पहिलो र नेपाली सेनाकी उषा खड्का स्नाचमा ५५, क्लिनमा ६७ केजी सहित कुलमा १२२ केजीका साथ दोश्रो भईन्।

प्रतियोगिताको सिनियर ५३ केजी तौलमा बाँकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गरिन्। यसअघि उनले एशियन युथ एण्ड जुनियर च्याम्पियनसिपमा ८० केजी भारका साथ किर्तिमान बनाएकी थिईन्। उनले स्नाचमा ५७ र कुलमा १३८ केजीका साथ स्वर्ण प्राप्त गरिन्। दोश्रो स्थानमा रहेकी झापाकी सुमी भट्टराईले २२, २७ र कुलमा ४९ केजीका साथ रजत पाईन्।

यसै स्पर्धाको जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्नाचमा ३५, क्लिनमा ५१ र कुलमा ८६ केजीका साथ स्वर्ण, सप्तरीकी सन्तोषी यादवले २७, ३४ र कुलमा ६१ केजीका साथ रजत र पर्साकी रविना बस्नेतले ३०, ३० र ६० केजीका साथ कास्य पाईन्।

ललितपुरस्थित बालकुमारी ब्याङ्गक्वेटमा भएको  प्रतियोगिताको प्रतियोगिताको ४८ केजी जुनियरमा झापाकी करिना चौधरीले स्नाचमा २८, क्लिनमा ३७ केजी गरी कुलमा ६५ केजीका साथ स्वर्ण, सप्तरीकी सरिता यादवले ३०, ३३ र ६३ केजीका साथ रजत तथा सप्तरीकै वन्जिता थापामगरले २०, २५ र ४५ केजीका साथ कास्य पाए।

सोही स्पर्धाको सिनियरतर्फ नेपाली सेनाकी रिता कुमारी गुरुङले स्नाचमा ४०, क्लिनमा ४५ र कुलमा ८५ केजीका साथ स्वर्ण तथा बाँकेकी तारा कुमारी चौधरीले २५, ३५ र ६० केजीका साथ रजत पाईन्।

५८ केजी जुनियर तर्फको खेलमा कास्कीकी टिकामाया गुरुङ्गले स्नाचमा ५०, क्लिन एण्ड जर्कमा ६४ केजीका साथ कुलमा ११४ केजी भारका साथै स्वर्ण पाईन्। सप्तरीकी काजल यादवले ३५, ४२ र कुलमा ७७ केजीका साथ रजत पाईन्। यसै तौलको सिनियरतर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्नाचमा ४८, क्लिनमा ६५ केजी र कुलमा ११३ केजीका साथ स्वर्ण पाईन्।

६९ केजी जुनियरमा लाईफ फिजिकल फिटनेशकी प्रियङका शाह ठकुरीले स्नाचमा ३८, क्लिनमा ४३ केजीका साथ कुलमा ८१ केजीका साथ स्वर्ण, चितवनकी पुजा कुमालले ३६, ४० र ७६ केजीका साथ रजत पाईन्।

७५ केजी सिनियरमा नेपाली सेनाकी मनकुमारी कुमालले स्नाचमा ५०, क्लिनमा ७० र कुलमा १२० केजीका साथ स्वर्ण पाईन्। यस्तै ९० केजीमा सेनाकै अस्मिता राईले स्नाचमा ५० र क्लिनमा ५५ केजी गरि कुलमा १०५ केजीका साथ स्वर्ण पाईन्।

यस्तै आजै भएको पुरुषको ५६ केजी जुनियरमा सप्तरीका रामकुमार यादवले १६० केजीका साथ स्वर्ण, बाँकेका तुषार वि.एमले १३२ केजीका साथ रजत र सप्तरीकै लालबाबु यादवले १३० केजीका साथ कास्य पाए। सोही स्पर्धाको सिनियर तर्फ सप्तरीका मनोज यादवले १७५ केजीका साथ स्वर्ण, सेनाका तुलाराम महतोले १६५ केजीका साथ रजत र सन्तोष थपलियाले १४७ केजीका साथ कास्य पाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell