PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

प्रधानमन्त्रीले भने -कांग्रेसले जित्दा मात्र मधेसको मुद्दा सम्वोधन हुन्छ



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने -कांग्रेसले जित्दा मात्र मधेसको मुद्दा सम्वोधन हुन्छ

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन्। 

जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले कांग्रेसले मधेसी जनताको भावनाको कदर र मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन चाहेको बताए। 

प्रधानमन्त्री देउवाले अरु ठूला दलले मधेशी जनताको भावनामाथि कुठाराघात गर्ने क्रियाकलाप गरेको पाइएको भन्दै कांग्रेसले जितेमा मात्रै मधेसको मुद्दाको सम्बोधन हुने दाबी गरे। 

मिलेको समाजमा झगडा र वैमनश्यता उत्पन्न गर्ने काममा कतिपय दल देखापरेको उल्लेख  गर्दै प्रधानमन्त्रीले नेपालीमाझ एक आपसमा सौहार्दता बनाइराख्न कांग्रेसलाई अग्रस्थान दिलाउन आग्रह गरे । 

प्रधानमन्त्री देउवाले आफू भारत भ्रमणमा जाँदा भारतद्वारा निर्माण गरिएका बाँधका कारण मधेशमा बाढी र डुबानको समस्या हुने गरेको विषयमा ध्यानाकर्षण गराएको स्मरण गराउँदै मधेसमा बाढी र डुबानको समस्या सदाका लागि अन्त्य हुने किसिमले प्राधिकरण बनाउने पहल भइरहेको जानकारी दिए। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाको राजनीति अन्त्य हुनु जरूरी भएको बताए । 

महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले मधेश र नेपाली कांग्रेस पर्याय भएकाले मधेशमा कांग्रेसलाई पहिलो दल बनाउन आवश्यक रहेको बताए। 

पूर्व महामन्त्रीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले कतिपय दलले पूर्व राजासँग साँठगाँठ गरी सङ्घीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको बताए।रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell