PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

च्याम्पियन्स लिग : रियलको जितमा रोनाल्डोको दुई गोल, सिटी र टोटनहम विजयी, लिभरपुल रोकियो



पहिलोपोस्ट

च्याम्पियन्स लिग : रियलको जितमा रोनाल्डोको दुई गोल, सिटी र टोटनहम विजयी, लिभरपुल रोकियो

साविक विजेता रियल मड्रिडले युरोपेली याम्पियन्स लिगमा विजयी शुरुवात गर्दा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्। समूह एचअन्तर्तगत गएराती भएको खेलमा स्पेनी क्लब रियलले एपोएल निकोसियालाई ३-० ले हरायो। रियलका लागि कप्तान सर्गियो रामोसले अर्को गोल थपे।

यस्तै इंगलिस क्लबद्वय म्यानचेष्टर सिटी र टोटनहम हट्सपरले पनि च्याम्पियन्स लिगमा शानदार जित हासिल गर्दा लिभरपुल भने बराबरीमा रोकिएको छ।

समूह एचकै अर्को खेलमा टोटनहमले जर्मनीको बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्‍यो। टोटनहमका लागि ह्यारी कनले दुई तथा हेङ मिन सनले एक गोल गरे। टर्डमण्डका लागि एन्ड्रि यर्मेलेन्कोले एक गोल गरे। इन्जुरी टाइममा जान भर्टेनगोनले दोहोरो पहेँलो कार्ड पाएपछि टोटनहम दश खेलाडीमा झरेको थियो।

समूह एफको खेलमा सिटीले फेयनहुर्डलाई ४-० ले हराउँदा जोन स्टोन्सले दुई गोल गरे। यस्तै सर्जियो अगुएरो र गाब्रिएल जेससले १-१ गोल गरे। यसै समूहको अर्को खेलमा शाख्तर डोनेसक्ले नेपोलीलाई २-१ ले पराजित गरेको छ।  शाख्तरका लागि टाइसनर फेरेयराले गोल गरे भने नेपोलीका लागि अर्काडिउस मिलिकले पेनाल्टीमा एक गोल फर्काए।

यता रोवर्टो फिर्मिन्होले पेनाल्टी चुकाउँदा लिभरपुलले सेभियासँग २-२ गोलको बराबी खेल्दै अंक बाँडेको छ। लिभरपुलका लागि मोहमुमद सालेह र रोवर्टो फिर्मिन्होले गोल गरे। तर २-१ को अग्रता लिइरहेको बेला फिर्चिमन्होले पेनाल्टीमा गोल गर्न नसकेपछि लियरपुलले ३ अक जोड्ने मौका गुमायो। सेभियाका लागि बिसन बेन येडर र जाओक्विन कोरेअले गोल गरे। लिभरपुलका जोसेफ गोमेजले इन्जुरी टाइममा दोहोरो पहँलो कार्डको सामना गरे।

यस्तै समूह जी मा जर्मनीको लेइपजिगले फ्रन्सको मोनाकोसँग १-१ को बराबरी खेल्दा टर्कीको बेसिकटासले पोर्चुगलको एफसी पोर्टोलाई ३-१ ले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell