
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसँग खेलिरहेको छ।
ओमानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ। नेपालले टस हारेको यो तेस्रो पटक हो।
नेपालले यसअघिका दुवै खेलमा सहज जित हासिल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ। आजको खेलमा विजयी हुने टिम समूह विजेता बन्नेछ।
यो समाचार तयार पार्दासम्म सिंगापुरले एक विकेट गुमाइसकेको छ। नेपालका लागि किशोर महतोले एक विकेट लिएका छन्।