PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस, को कहाँ हेर्नुस् सूची



पहिलोपोस्ट

प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस, को कहाँ हेर्नुस् सूची
तस्बिर : फाइल

काठमाडौं : मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस भएका छन्। निर्वाचन आयोगको आग्रह अनुसार न्याय परिषदले मुख्य निर्वाचन अधिकृत सिफारिस गरेको हो। ७७ जिल्ला कायम भएपछि पहिलो पटक परिषद्ले ७७ मुख्य निर्वाचन अधिकृत खटाएको हो।

मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका न्यायाधीश हुने कानुनी व्यवस्था अनुसार न्याय परिषदले मुख्य निर्वाचन अधिकृत सिफारिस गरी निर्वाचन आयोगको जानकारीका लागि पठाएको हो।

परिषदको निर्णय अनुसार प्रत्येक जिल्लाका जिल्ला अदालतका मुख्य न्यायाधीश वा वरिष्ठतम न्यायाधीश मुख्य निर्वाचन अधिकृतमा सिफारिस भएका छन्। नयाँ बनेका दुई जिल्लामध्ये नवलपरासीमा बर्दघाट पश्चिममा नवलपरासी जिल्ला अदालतबाटै मुख्य निर्वाचन अधिकृत खटाइएको छ। पूर्वी रुकुमको हकमा भने पर्सा जिल्ला अदालतबाट न्यायाधीश खटाइएको छ। रुकुम जिल्ला अदालतमा एकमात्र न्यायाधीश छन्।

परिषदले जगेडा सूचीमा रहने गरी थप दशजना न्यायाधीशलाई पनि मुख्य निर्वाचन अधिकृतमा सिफारिस गरेको छ।

को कहाँको मुख्य निर्वाचन अधिकृत हेर्नुस् सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell