
काठमाडौं: एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पवन सराफले ६ विकेट लिएपछि नेपालले सिंगापुरलाई ६७ रनमा अलआउट गरेको छ।
मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा आउट भएपछि नेपालले ६८ रनको सामान्य लक्ष्य पाएको छ।
सिंगापुरलाई कम स्कोरमा रोक्न नेपालका लागि पवन सर्राफले ६ विकेट लिए। ८ ओभर बलिङ गरेका पवनले ४ मेडन राख्दै १२ रन मात्र खर्चेर ६ विकेट लिएका हुन्।
यस्तै किशोर महतोले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १-१ विकेट लिए।
सिंगापुरका लागि सिद्धान्त र कप्तान आर्यमन सुनिलले २०-२० रन नबाए।
नेपाल र सिंगापुर यसअघि नै सेमिफाइनल पुगिसकेकाले आजको खेलको विजेता समूह विजेता बन्नेछ।