काठमाडौं: ‘लिटिल किङ एण्ड क्विन’ को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। क्विन्स इभेन्टले आयोजना गरेको दुई भिन्न उमेर समुहका बालबालिका तथा किशोर–किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिताको चार शीर्ष विजेता घोषित भएका हुन्।
प्रतियोगिताको किशोर–किशोरीबीचको प्रतिस्पर्धामा अविरल खत्री तथा दिया शाक्यले लिटल किङ तथा लिटिल क्विनको उपाधि जित्न सफल भएका छन्। प्रतियोगितामा रञ्जना गापी तथा सुनयना दुवालले फस्ट रनर्स अप तथा अस्मिता अवाल र प्रोमिस थापाले सेकेण्ड रनर्स अपको उपाधि जिते। अञ्जली पात्र तथा राजिव सुवालले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए।
बालबालिकातर्फको प्रतिस्पर्धामा मलिना रोक्का तथा अनिकेत मुल्गुथीले मुख्य उपाधि जितेका छन्। भक्तपुरको टुरिजम मार्केटमा आयोजित बालबालिकातर्फ बिबिका लामा तथा सोनु बासुकलाले फस्ट रनर्स अप तथा अमिशा ढकाल र रेहान दुवालले सेकेण्ड रनर्स अपको उपाधि जिते। प्रतियोगितामा कृना खोजु तथा अनुप राईले मोस्ट पपुलरको शीर्षक उपाधि जित्न सफल भए।