
चीन : तलिम नामक आँधीका कारण चीनको फुजीआन र जेजिआङ प्रान्तबाट २ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।
यस क्षेत्रमा आएको यो १८ औँ आँधी भएको बताइएको छ। आँधी चीनको दक्षिणपूर्वी तटीय क्षेत्रतर्फ गइरहेको बताइएको छ।
चीनको प्रान्तीय मौसम विज्ञान विभागका अनुसार तलिम १८० देखि २ सय किलोमिटर प्रतिघण्टाको दरले आगामी दुई दिनसम्म आउने अनुमान गरिएको छ।
चीनको राष्ट्रिय मौसम विभागले बुधबार गरेको घोषणा अनुसार उत्तरपश्चिमतर्फ सरेको यस आँधीले जेजीआङमा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म भूस्खलनको सम्भावना रहेको छ।
अर्थात् जेजिआङको जल क्षेत्रतर्फ लाग्ने र त्यसपछि उत्तर पूर्वतर्फ लाग्ने बताइएको छ। यस आँधीका कारण १ लाख २० हजार व्यक्ति सुरक्षित स्थानतर्फ लगिएको र त्यसैगरी २० हजारलाई फुवीआनको शरणार्थी स्थलका लागि लगिएको छ। रासस/सिन्ह्वा