PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नवजात शिशु मारेको अभियोगमा ताप्लेजुङमा तीन जना पक्राउ



पहिलोपोस्ट

नवजात शिशु मारेको अभियोगमा ताप्लेजुङमा तीन जना पक्राउ

ताप्लेजुङ :  अवैध रुपमा जन्माएको नवजात शिशु मारेर गाडेको अभियोगमा प्रहरीले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ बाट तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा अन्दाजी ५० वर्षीय लाक्पा शेर्पा, १२ वर्षीया पेमा जाङ्मु शेर्पा र १६ वर्षीय साङ्गे शेर्पा छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय, दोभानको टोलीले पक्राउ गरेको हो। 

शिशुकी आमा २३ वर्षीया सन्ध्या शेर्पा भने फरार छिन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

भदौ १४ गते राति अविवाहित छोरी सन्ध्याबाट शिशु जन्मिएपछि परिवारले घरबाट २०० मिटर तल आफ्नै बारीमा खाल्डो खनेर गाडेको प्रहरीले जानकारी दिएको छ। 

घटना भएको १२ दिनपछि भदौ २६ गते मात्रै प्रहरीले शिशुको शव फेला परेको हो। शव गलिसकेकाले लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। 

शव परीक्षणका लागि जिल्ला अस्पताल, ताप्लेजुङमा ल्याइएको छ। पक्राउ परेका लाक्पा सन्ध्याका बाबु, साङ्गे भाइ र पेमा बहिनी हुन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell