PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अज्ञात समूहद्वारा भ्याकुल लोडरमा आगजनी 



पहिलोपोस्ट

गौशाला :  महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित हङकङ डाँडास्थित गोपाल खड्काले सञ्चालन गरेको कङ्क्रिट उद्योगमा रहेको ६० लाखको भ्याकुल लोडरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। 

प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति करिब ११ बजे अज्ञात समूहले कङ्क्रिट उद्योगमा गएर त्यहाँ रहेको भ्याकुल लोडरमा आगजनी गरी पूर्णरुपमा क्षतिग्रस्त बनाएको हो। 

प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालिसकेको तथा आगजनी गर्नेहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell