PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दार्चुलावासीको तिब्बतसँग जोडिने सपना १० वर्ष पर धकेलियो, दार्चुला-तिंकरको काम सुस्त



दिनेश खड्का

दार्चुलावासीको तिब्बतसँग जोडिने सपना १० वर्ष पर धकेलियो, दार्चुला-तिंकरको काम सुस्त

काठमाडौं :  करिव ९ बर्षअघि ट्रयाक खोल्ने काम सुरु भएको दार्चुला-तिंकर सडक आयोजनाको काम सुस्त हुँदा दार्चुला बासीको राष्ट्रिय सडक सञ्जालबाट तिब्बतसँग जोडिने सपना १० बर्ष पर धकेलिएको छ।

कुल लम्बार्इ  एक सय ४० किलोमिटर रहेको सडक आर्थिक वर्ष २०७५र०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि आयोजनाका काम १० वर्षपछि धकेलिएको सडक विभागका अधिकारी बताउँछन्। आर्थिक वर्ष २०६६र०६७ मा सरकारले प्राथमिकता राखेर बजेट छुट्याउँदै आएको छ।

सरकारले वर्षेनी दिएको बजेटमा ६० प्रतिशत रकम फ्रिज हुनु, ठेकेदारको लापरबाही, विस्फोटक पदार्थको अभाव जस्ता समस्या हुँदा निर्माणमा ढिलार्इ  भएको आयोजनाले जनाएको छ।

दार्चुला-तिंकर सडक आयोजनाका प्रमुख मनिषकुमार शाहले भने देशले व्यहोर्नु परेको नाकाबन्दी, निर्माण सामाग्री अभाव, इन्धन अभाव र विस्फोटक पदार्थको अभावका कारण ढिलार्इ भएको बताए।

 
दार्चुला तिंकर सडक निर्माणपछि तिब्बत स्थित मानसरोवर जाने,तिब्बतसंगको तिंकर भन्सार सुरु गर्ने, राष्ट्रिय सडक सञ्जालमा जोडिने दार्चुलावासीको वर्षौदेखिको सपना पूरा हुने आयोजनाका प्रवक्ता इन्जिनियर दिनेश सिंह रैखोलाले बताएका छन्।  उनले चार वर्षमा सडक निर्माण सम्पन्न हुने लक्ष्यका साथ काम भैरहे पनि काम सुस्त भएको स्विकार गरे ।

प्रवक्ता रैखालीका अनुसार अहिले ६० किलोमिटर सडकमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। जसमा दार्चुलाबाट तिंकरतिर २० किलोमिटरमा २ सय मिटरको भीर भएकाले त्यहाँ ट्रयाक खोल्नका  मेसिन लैजान र विस्फोटक पदार्थको अभाव हुँदा लामो समय काम रोकिएको बताए । ट्रयाक खोलिएको ठाउँमा समेत गाडी गुड्न सकेको छैन।

ठेकेदार कम्पनीहरुले विभिन्न बाहानामा काम डेढ वर्षदेखि रोक्दै आएका छन्। ठेक्का रद्ध गर्ने चेतावनी दिएपछि काम  शुरु गरेको आयोजनाले जनाएको छ। प्रति वर्ष १० टन विस्फोटक पदार्थका लागि सेनालार्इ रकम उपलब्ध गराउँदै आए पनि विस्फोटक पदार्थको अभावका कारण काममा ढिलाइ भएको बताइएको छ।

 
आयोजनाका अनुसार सडक नहुँदा जोखिमपूर्ण तुइनको माध्यमले महाकाली नदी पार गर्नु पर्ने र केही दिनको पैदल यात्राबाट सदरमुकाम खलंगा जाने आउने बाध्यता छ। यो सडक निर्माणपछि कठिनार्इ सदाका लागि अन्त्य हुने प्रवक्ता रैखालीले बताएका छन्।

प्रत्येक वर्ष प्राथमिकता पाउने त्रिदेशीय नाका जोड्ने दार्चुला-तिंकर सडक आर्थिक विकासको हिसाबले महत्वपूर्ण सडक आयोजना हो। उत्तरी छिमेकी देश जोड्ने भएकाले यो सडक आयोजना राष्ट्रिय महत्व दिएर अघि बढार्इएको दार्चुला-तिंकर सडक आयोजना कार्यालय खलंगाले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell