PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना बेपत्ता



पहिलोपोस्ट

उत्तर भारतमा डुंगा डुब्दा ८ को मृत्यु, ३० जना बेपत्ता

नयाँ दिल्ली :  उत्तरी भारतको बाघपत जिल्लामा यमुना नदीमा डुंगा डुब्दा कम्तीमा पनि ८ जनाको मृत्यु भएको छ। 

डुंगामा रहेका अरु ३० जना हराइरहेका समाचारमा जनाइएको छ। दुर्घटना बिहीबार बिहान भएको हो । 

बाघपतको प्रहरीले दिएको समाचारअनुसार डुंगामा रहेकामध्ये धेरैजना हराएका छन्। उनीहरुको खोजी जारी रहेको भए पनि जिवीतै भेट्ने सम्भावना भने कम रहेको प्रहरीको भनाई छ। 

डुंगामा ६० जना सवार थिए। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा डुंगामा क्षमताभन्दा बढी यात्रु रहेका कारण डुबेको हो। 

आठ जनाको शव भेटिएको र १२ जनालाई जिवीतै उद्वार गरी उपचारार्थ अस्पताल भर्ना गरिएको छ। 

उत्तर प्रदेशका मुख्यमन्त्रीले दुर्घटनाबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका परिवारप्रति समवेदना प्रकट गरेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell