PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मलेसियाको एक विद्यालयमा आगलागी, २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु



पहिलोपोस्ट

मलेसियाको एक विद्यालयमा आगलागी, २२ विद्यार्थी र दुई शिक्षकको मृत्यु
फोटो श्रोतः sky.com

कवालालम्पुर :  मलेसियाको एक धार्मिक विद्यालयमा बिहीबार बिहान भएको आगलागीमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ। 

आगलागीमा परी २२ विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा अधिकांश १३ देखि १७ वर्षका बालक छन्। अधिकारीहरुका अनुसार केही वर्षयता भएका भीषण आगलागीमध्ये यो सबैभन्दा खतरनाक हो। 

आगलागी बिहीबार बिहानको मिर्मिरे पूर्व नै भएको थियो। त्यस समयमा बालकहरु सुतिरहेको अनुमान गरिएको छ। 

स्थानीय टेलिभिजनहरुले देखाएका दृश्यमा आगलागीबाट ठूलो धुवाँको मुस्लो र खरानी उडेको र विद्यालयबाट किशोरहरु भाग्ने कोशिस गरिरहेका र केही भागेका देखिन्थे। 

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रहरीको प्रारम्भिक अनुमानमा विद्यालय भवनमा विद्युतीय गडबडीबाट आगो निस्किएको पाइएको जनाइएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell