PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सत्तारुढ दलहरुबाट आचारसंहिता उल्लंघन हुनु चिन्ताको विषयः थापा



पहिलोपोस्ट

सत्तारुढ दलहरुबाट आचारसंहिता उल्लंघन हुनु चिन्ताको विषयः थापा

पोखरा :  राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि संविधान पूर्णरुपमा कार्यान्वयनमा आउने बताएका छन्। 

मिडिया नेपाल कास्की शाखले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आफ्नो दलले पनि दुवै तहको निर्वाचनलाई उच्च प्राथमिकता दिएको बताए।

उनले दशैँ र तिहार बीचको समयमा पार्टीले आयोजना गर्ने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा मुलुकले भोग्नु परेका समस्याबारे जनतालाई सचेत गराइ हिन्दूत्वको भावना जागृत गराउने बताए। 

अध्यक्ष थापाले निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोगले आचारसंहित लागू गरिसकेपछि पनि सत्तारुढ दलहरुबाट बारम्बार आचारसंहिता उल्लंघनप्रति आयोगलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिति सिर्जना भएकामा चिन्ता व्यक्त गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell