PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

एसीसी यू-१९ इस्टर्न रिजन  :  नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने



पहिलोपोस्ट

एसीसी यू-१९ इस्टर्न रिजन  :  नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

काठमाडौं  : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियासँग खेल्ने भएको छ। नेपाल समूह ए को बिजेता तथा आयोजक मलेसिया समूह बी को उपबिजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
 
नेपालले समूह चरणमा अन्तिम खेलमा आज सिंगापुरलाई ७ विकेटले हराएपछि समूह ए को बिजेता बनेको हो। समूह ए को उपबिजेता बनेको सिंगापुरले समूह बी को बिजेता हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

हङकङ तीन खेल जित्दै समूह बिजेता बनेको हो भने उपबिजेता बनेको मलेसियाले २ खेल मात्र जितेको थियो।

सेमिफाइनलमा बिजयी हुने दुई टिम आगामी नोभेम्बरमा मलेसियामै हुने यू-१९ एसिया कपको लागि छनोट हुनेछ।
 
यस्तै वेस्टर्न रिजनबाट पनि फाइनल पुग्ने दुई टिम एसिया कपको लागि छनोट हुनेछ। यी चार टिमसँगै एसियाका टेष्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंकाको युवा टोलीले प्रतियोगिता खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell