PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

पाँच सय ३२ वटा मुद्दामा नि : शुल्क सेवा



पहिलोपोस्ट

सप्तरी :  सप्तरीमा कानुनी सहायता केन्द्रले यसवर्ष ५३२ वटा मुद्दामा नि : शुल्क कानुनी सेवा प्रदान गरेको छ। 

केन्द्रले गरीब, असहाय, अशक्त, द्वन्द्वपीडित र ज्येष्ठ पीडित नागरिकलाई नि : शुल्क कानुनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा कानुनी सेवा प्रदान गरेको जनाएको हो। 

केन्द्रद्वारा प्राप्त विवरणअनुसार २०७३/७४ मा देवानीतर्फ १०२, फौज्दारीतर्फ ७१, ठाडो मुद्दा दर्तातर्फ ३५९ गरी कूल ५३२ मुद्दामा कानुनी सेवा प्रदान गरिएको उल्लेख छ। 

आगामी आर्थिक वर्षमा लक्षित समुदायलाई अझ बढी समेटिने र यसका लागि व्यापक प्रचारप्रसार र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको केन्द्रका अधिकृत रामप्रसाद गौतमले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell