राजविराजः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मधेशको मुद्दा सम्बाेधन गर्न राज्य पुनः संरचना आयोगले प्रस्ताव गरेको मोडेल अनुसार प्रदेशको सीमांकन गर्नुपर्ने बताएका छन्।
राजविराजमा संचारकर्मीसँग कुरा गर्दै भट्टराईले मधेशको राजनीतिलाई स्थापित गर्नका लागि आर्थिक विकास र समृद्धिको एजेण्डालाई पनि सँगै लैजानुपर्ने बताए।
उनले नयाँ शक्ति पार्टीले तराई मधेशका सबै समस्याको समाधान गरी हिमाल, पहाड, तराई, मधेशलाई जोड्ने राष्ट्रिय एकताको अवधारणा अघि सारेको र त्यसैको बलमा समग्र देशलाई विकास र समृद्धिको दिशातिर लैजाने प्रतिबद्धता जनाउँदै देशको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताए।
‘अब हामी मधेशवादी र पहाडवादी भएर हुँदैन’ उनले भने,‘अब देशको विकास र समृद्धिका लागि राष्ट्रिय एकता कायम गर्ने इन्द्रधनुषी राष्ट्रवादको प्रवद्र्धन गर्नुपर्छ।’
भट्टराईले आन्तरिक रुपमा राष्ट्रिय एकता बलियो बनाई बाह्य रुपमा भारत र चीनसँगको सम्बन्धलाई समदूरीमा राख्नुपर्ने बताए।