PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

मधेशकाे माग सम्बाेधन गर्न पार्टी सरकारमा : राणा



पहिलोपोस्ट

मधेशकाे माग सम्बाेधन गर्न पार्टी सरकारमा : राणा

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा गएको स्पष्ट पारेका छन्।
 
बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘पार्टी एकिकरणपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन भयो। यसमा राप्रपाको कमजोर स्थान रह्यो। यसले हाम्रो एकीकरणलाई नेपाली जनताले रुचाएनन्। त्यसैले पार्टी अलग गरी बृहत एकताको आह्वानमा जुटेका छौँ।’

मधेश आन्दोलनले उब्जाएका माग सम्बोधनका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। राणाले भने,‘मधेशकाे माग सम्बोधन हुनुपर्छ, मधेशका जायज आवाजहरु दबाउनु हुँदैन, यदि मधेशका माग सम्बोधन नगरे मुलुकमा स्थायित्व, समृद्धि र विकास सम्भव हुँदैन।’

हालै सरकारमा सामेल भएका मन्त्रीमध्ये विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहरा नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र भष्ट्रचार गरेको भन्दै कमल थापा निकट विद्यार्थीहरु आन्दोलनमा छन्।

'कमल थापाले हामीलाई विभिन्न आराेप लगाएका छन्, उहाँले लगाएका आरोपहरु सही होइनन्, राणाले भने। 

बृहत्त एकताको नाराले कसलाई सम्बोधन गर्छ भन्ने प्रश्नमा अध्यक्ष राणाले भने,‘राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिनुपर्छ। स्थायी शान्ति र दिगो विकासको लागि सरकार र दलहरुलाई यो अभियानमा लाग्न आग्रह गर्दछु। यस कार्यमा उभिदा मुलुक आत्मनिर्भर बन्छ र शान्ति स्थायित्व हुन्छ।’


 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell