PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

दक्षिणी थाइल्याण्डमा सैनिकमाथि विद्रोहीको आक्रमण, एकको मृत्यु, २० घाइते 



पहिलोपोस्ट

दक्षिणी थाइल्याण्डमा सैनिकमाथि विद्रोहीको आक्रमण, एकको मृत्यु, २० घाइते 
फोटो श्रोतः nationmultimedia.com

बैंकक :  थाइल्याण्डको दक्षिणी भू–भागमा सैनिकको गस्ती टोलीलाई लक्षित गरी संदिग्ध विद्रोहीले आक्रमण गरेका छन्। 

बिहीबार बिहान भएको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ। त्यसैगरी आक्रमणमा परी अन्य २० सैनिक घाइते भएका अधिकारीले जानकारी दिएका छन्। 

मेलेसियाको सीमा क्षेत्रमा पर्ने यस मुस्लिम क्षेत्रमा जातीयरुपमा मलाय विद्रोहीले एक दशकभन्दा बढी समयदेखि बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको क्षेत्रमा हिंसा मच्चाउँदै आएका छन्। 

उनीहरुले नै सेनाको गस्तीमाथि एम्बुस थापेको हुनसक्ने अनुमान गरिएको छ। तर उनीहरुले भने घटनाको अहिलेसम्म जिम्मेवारी लिएका छैनन्। 

थाइल्याण्डको सुदुर दक्षिणी यस भागमा करिब एक दशकभन्दा बढीदेखि जारी द्वन्द्वमा परी ६ हजार ८ सयको मृत्यु भइसकेको छ। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell