PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

भारतमा जापानको सहयोगमा ‘बुलेट ट्रेन’ सञ्चालन हुने 



पहिलोपोस्ट

भारतमा जापानको सहयोगमा ‘बुलेट ट्रेन’ सञ्चालन हुने 
फोटो श्रोतः theguardian.com

भारतः पश्चिमी भारतीय राज्य गुजरातमा जापानको सहयोगमा द्रुत गतिको रेल सेवा सञ्चालन हुने भएको छ। 

जापानी प्रधानमन्त्री सिन्जो आबेको भारत भ्रमणको क्रममा यो रेल सेवाको सुरुवातको सहमति भएको छ। 

‘बुलेट ट्रेन’ सेवा भारतीय राज्य गुजरातको अहमदाबादबाट भारतको आर्थिक राजधानी मानिने मुम्बाइसम्म चल्ने बताइएको छ। 

पाँच सय किलोमिटर लामो दुरीमा सञ्चालन हुने यो रेल सेवा जापानको १७ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोगमा निर्माण हुन लागेको हो । 

यो रेलसेवासम्बन्धी आयोजनाको निर्माण सन् २०२२ सम्ममा सम्पन्न हुने अनुमान गरिएको छ। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी सिन्जो आबेबीच भारतको रेल सेवाको सुधारका क्षेत्रमा कुराकानी भएको थियो। 

भारतमा सबैभन्दा सहज र सस्तो पनि रेल सेवा नै हो। एक अध्ययन अनुसार भारतमा रेलले मात्र एक दिनमा कम्तीमा पनि दुई करोड २० लाख यात्रुलाई सेवा दिने गरेको छ। रासस/एपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell