PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०६७ असार ६ गतेको फैसलाबाट चार वर्ष ६ महिना कैद र चार लाख पचास हजार रुपैयाँ जरिवाना ठहर भएका काठमाडौं महानगरपालिका वडा नम्बर एक नक्सालका प्रेममान डंगोललाई प्रहरीले पक्राउ गरेको हो।

डंगोललाई नेपाल प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोको टोलीले सुनधाराबाट पक्राउ गरेको हो।

उनले सिन्धुलीको कमलामाई नगरपालिकाका राजकुमार घिसिङसहित चार जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छु भनी जनही ६ लाख रुपैयाँ लिई थाईल्याण्ड पुर्याई अलपत्र पारेका थिए।

डंगोललाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell