काठमाडौः प्रहरीले बस टिकट कालोबजारी गरी विक्रि गर्ने २२ जना बिचैलियालाई पक्राउ गरेको छ।
राजधानीका विभिन्न स्थानमा कालोबजारी गरी टिकट विक्रि गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वोन्द्र खनालले जानकारी दिए।
मंगलवार बिहानबाट दशैंका लागि लामो दुरीमा चल्ने सवारीको टिकट बुकिङ खुलेको हो।
बिचौलियाले सेवाग्रहीलाई ठगी गरी टिकट बिक्रि गर्ने आशंकमा सादा पोसाकमा प्रहरी खटाइएको छ।
सेवाग्राहीको सुविधाका लागि प्रहरीले टिकट काउन्टर नजिकै यात्रु सहायता कक्षसमेत संचालन गरेको छ ।