PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

कंगनाको फिल्ममा १० ठाउँमा सेन्सरको कैची!



पहिलोपोस्ट

कंगनाको फिल्ममा १० ठाउँमा सेन्सरको कैची!

विवादका कारण चर्चामा रहेकी बलिउड हिरोइन कंगना रनावतको फिल्म सिमरन पनि नराम्ररी सेन्सरमा परेको छ। बलिउडमा सेन्सरविरुद्ध अभियान चलिरहेकै समय उनको फिल्ममा कैची चलेको हो। बलिउडमा कंगनाको चर्चा विशेषगरी हृतीक रोशन र आदित्य पञ्चोलीसँगको सम्बन्धका कारण हुँदै आए पनि अब फिल्मले पनि उनलाई बहसमा ल्याएको हो। 

डिक्कन क्रोनिकललाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार उनको फिल्म सिमरनको १० ठाउँमा सेन्सरको कैची चलेको हो। १० ठाउँमा 'वीच' शब्द काटिएको छ। 

फिल्मको सेक्स सिनमा रहेको आवाजलाई कटौतीमा पारिएको छ।

जुवाडे महिलाका समस्यामा आधारित भएर फिल्म बनेको छ। हंसल मेहता फिल्मका निर्देशक हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell