PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

१३ वर्षका विद्यार्थी मृत फेला, हत्याको आरोपमा चारजना पक्राउ



पहिलोपोस्ट

१३ वर्षका विद्यार्थी मृत फेला, हत्याको आरोपमा चारजना पक्राउ

कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षका विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारै जनालाई हिरासतमा राखी अनुसन्धानको कार्य सुरु गरेको छ।

पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए।

चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए। विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell