PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

उत्तर कोरियाले फेरि हान्यो जापानको आकाशमा क्षेप्यास्त्र



पहिलोपोस्ट

उत्तर कोरियाले फेरि हान्यो जापानको आकाशमा क्षेप्यास्त्र

बिबिसी : उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

राजधानी प्योङयाङ नजिकैबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्रले ३,७०० किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।

उत्तर कोरियाले यसअघि परीक्षण गरेको क्षेप्यास्त्रभन्दा यो लामो दूरीको भएको बताइएको छ।

जापानी आकाशमा क्षेप्यास्त्र पुगेपछि एकाबिहानै साइरन बजेको थियो र हकाइदोका बासिन्दालाई आश्रय लिन भनिएको थियो।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको चार दिनपछि प्योङयाङगले पछिल्लो क्षेप्यास्त्र प्रहार गरेको छ।

सेप्टेम्बर ३ तारिख एउटा हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि सुरक्षा परिषद्ले दण्डित गर्ने भन्दै उत्तर कोरियाविरुद्ध सर्वसम्मतिले नयाँ प्रतिबन्धहरु पारित गरेको थियो।

दक्षिण कोरियाल र जापान सरकारले पछिल्लो क्षेप्यास्त्रबारे समीक्षा गरिरहेको बताएका छन्।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लू हाउसले पछिल्लो क्षेप्यास्त्र प्रहारपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएको छ।

यसअघि गत अगस्ट २९ तारिखमा उत्तर कोरियाले आफ्नो आकाशमाथि बलेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा जापानले त्यसलाई ‘अभुतपूर्व खतरा’को संज्ञा दिएको थियो।

उक्त क्षेप्यास्त्र जापानी आकाश भएर ३,००० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell