PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

महोत्तरीका पाँच महिला स्थानीय तहका प्रमुख पदमा प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

महोत्तरीका पाँच महिला स्थानीय तहका प्रमुख पदमा प्रतिस्पर्धा गर्दै

  • धनवीर महतो 
महोत्तरी :  स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रिएका छन्। 

असोज २ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखकमा फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन्। 

त्यस्तै, एकडारा गाउँपालिका प्रमुखमा सीतादेवी र औरही नगरपालिकामा बहुजन शक्ति पार्टीबाट तारादेवीले उम्मेदवारी दिएका छन्। 

यिनीहरु सबै मधेशी मूलका उम्मेदवार छन् भने जिल्लाको उत्तरवर्ती क्षेत्रबाट कुनै पनि महिला स्थानीय तहको नेतृत्वका लागि अगाडि बढ्न सकेका छैनन्। 

जिल्लामा रहेका अन्य दलले चुनावी एजेण्डामा महिलालाई समानुपातिक एवं समावेशीको नारा दिएर चुनावी एजेण्डा बनाएता पनि व्यवहारमा उतार्न सकेका छैनन्। 

जिल्लामा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजपा नेपाललगायतका दलहरुले महिलालाई उपप्रमुख÷उपाध्यक्षमा सीमित पारेका छन्।

पछिल्लो समयमा चुनाव खर्चिलो भएको भन्दै आर्थिक स्थिति कमजोर भएका महिला, दलित, जनजाति समुदायका महिला हारिने डरले चुनावी मैदानमा आउन नसकेको एमाले नेतृ दुर्गा दाहाल बताउँछिन्। 

हामीलाई अवसर नदिने तर महिलालाई होच्याउने कारणले यहाँका महिला अगाडि बढ्न नसकेका पूर्व सांसद बुधनीदेवी महतोले बताइन्। 

देशका उच्च तहमा महिलाले कार्यभार सञ्चालनमा सफलता हासिल गरेको भन्दै अब हरेक महिलालाई व्यवहारमा लागू गरेमात्र देशमा समावेशीताको नारा यथार्थमा परिणत हुने महतोले बताइन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell