काठमाडौं: १२ औं 'सिजि निशिमुरा मात्सुरी अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०१७' मा सहभागिता जनाउन राष्ट्रिय कराते टोली जापान प्रस्थान गरेको छ। जापानको फुकुवकामा हुने प्रतियोगिताका लागि नेपालबाट ४ जना गएका हुन्।
१६ र १७ सेप्टेम्बरमा हुने प्रतियोगितामा ५० किलो तौल समुहमा पुरुषोत्तम पोखरेल, ४५ किलो तौल समुहमा बिक बहादुर थामी, ३५ किलो तौल समुहमा कुईसाङ लामा र महिला ५० किलो तौल समुहमा रिमला राईले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा हरिशरण केसी र व्यवस्थापकमा सैलेन्द्र कुमार विष्ट रहेका छन्।
टोलिलाई कराते राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ,एन आरन जापानका नब निर्बाचित सदस्य हस्त लामा नेपाल वादोरियो कराते डो संघका पदाधिकारीहरु,प्रशिक्षक खेलाडीहरु र अभिभावकले संयुक्त रुपमा बिदाई गरे।