PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

बारा र पर्साका सवै मतदान केन्द्रमा कर्मचारी पुगे, मतदाता परिचयपत्र वितरण सुरु



राधेश्याम पटेल

बारा र पर्साका सवै मतदान केन्द्रमा कर्मचारी पुगे, मतदाता परिचयपत्र वितरण सुरु

वीरगञ्जः असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अयोगले प्रदेश नम्बर दुईका  आठ जिल्लामा मतदान अधिकृतहरुलाई पठाएको छ ।

पर्साका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार आज पर्साका सवै स्थानीय तहमा कर्मचारी पुगिसकेका छन्।

एक महानगर, ३ नगरपालिका, १० गाउँपालिकासहित १४ स्थानीय तह रहेको पर्सामा २ हजार ६२ कर्मचारी परिचालन गरेको उनले बताए। 

पर्सामा १६७ मतदान स्थाल, ३४४ मतदान केन्द्र, २ लाख ८० हजार मतदाता रहेका छन्।

पर्सामा वीरगंज महानगर, पोखरीया, पर्सागढी ,बहुदरमाई तीन नगरपालिका र १० गाउँपालिकामा जगरनाथपुर, जिराभवानी, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, विन्दवासिनी, ठोरी, सखुवाप्रसौनी पटेर्वासुगौली र कालिकामाई छन्।

यसैबीच, बाराका १६ वटै स्थानीय तहमा मतदान अधिकृतहरुलाई पठाइसकिएको बाराका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

बारामा कलैया र जितपुरसिमरा गरी दुई उपमहानगरपालिका, कोल्बी, निजगढ, पचरौता, महागढीमाई, सिम्रौनगढ गरी ५ र ८ गाउँपालिकामा आदर्शकोतवाल, करैया, देवताल, परवानीपुर, प्रसौनी, फेटा, बारागढी, विश्रामपुर र सुवर्ण छन् ।

बारामा पर्सा भन्दा मतदाताको सख्या बढी भएकाले मतदान केन्द्र पनि बढी छन्।

 बारामा ३ लाख ३४ हजार, ७४६ मतदाताका लागि ३०३ मतदान स्थल र ४५८ मतदान केन्द्र तोकिएको छ। आजदेखि सवै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell