PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

 वीरगञ्ज महानगरका मेयर, उपमेयरका लागि यसरी तयार गरिँदैछ कार्यालय



राधेश्याम पटेल

 वीरगञ्ज महानगरका मेयर, उपमेयरका लागि यसरी तयार गरिँदैछ कार्यालय

वीरगञ्ज : वीरगञ्जका मेयरका लागि कार्यालय मर्मत सम्भार तिव्र पारिएको छ। १७ वर्षपछि जनप्रतिनिधिको स्वागतका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले कार्यकक्ष निर्माण, बैठक हललगायतको मर्मत सम्भार शुरु गरेको हो।

२० लाख रुपैयाँभन्दा बढी खर्च गरेर महानगरपालिकाका मेयर, उपमेयरको कार्यलय कक्ष निर्माण गर्ने काम भइरहेको छ। 

पुराना सबै सामान काम नलाग्ने अवस्थामा पुगेकाले मेयर, उपमेयर, वडा अध्यक्षका लागि नयाँ फर्निचर किन्ने तयारी गरिएको छ।  

 मेयर, उपमेयर, वडा अध्यक्षका लागि वातावरण अनुकूल सभाहल तयार भइसकेको छ। सरकारले स्थानीय निर्वाचन घोषणा गरेपछि सभाहलको तयारी गरिएको हो।  

३२ वटा वडा रहेको वीरगञ्ज महानगरपालिकाको सोही अनुरुप सभाहलको तयारी भइरहेको कार्यकारी अधिकृत पिताम्बर अधिकारीले जानकारी दिए।

मेयरका लागि पहिलेकै कार्यालयलाई झकिझकाउ पारिँदै छ। हाल समाजिक शाखामा परिणत भई कार्य गर्दै आएको कार्यकक्षलाई सुविधा सम्पन्न बनाइँदै छ। 

उपमेयरका लागि पुरानै कार्यकक्षमा रङ्गरोगन, नयाँ फर्निचरको व्यवस्था गरिँदैछ। वीरगञ्ज महानगरका कार्यकारी अधिकृत उपमेयरको कार्यकक्षमा बस्दै आएका थिए। 

अब उनी आफनो पुरानै कार्यकक्षमा फर्किने तयारीमा छन्। मेयरको प्रतिस्पर्धामा स्वतन्त्र र राजनीतिक दलका गरी ३५ जना उम्मेदवार छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell