PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

'लाटीको छोरो'का दृश्यहरु हेर्नुस्

'लाटीको छोरो'का दृश्यहरु हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: मण्डला थिएटरमा नाटक 'लाटीको छोरो' मञ्चन भैरहेको छ। बिहीबार नाटकको विशेष मञ्चन भयो। नाटक मञ्चनपछि नाटकबारे अन्तर्क्रिया कार्यक्रम राखिएको थियो। वक्ताहरु आहुती, यज्ञश, संगीत स्रोता र रीता शाहले नाटकबारे आफ्नो धारणा व्यक्त गरे।

श्याम शाहको कथामाथि बनेको नाटकलाई निर्देशक सुलक्षण भारतीले निर्देशन गरेका हुन्। लैङ्गिक उत्पिडन, यौन दुर्व्यहार र राजनीतिक शक्तिको दुरुपयोग नाटकको केन्द्रमा रहेको छ। नाटकबारे समिक्षक एवं पत्रकार रहेका यज्ञश भन्छन्, 'एउटा क्षेत्रमा हरेक दिन घट्ने घटनाको चित्रण हो यो नाटक। जुन कथा धेरैलाई थाहा हुँदैन। यस्तो विषषलाई उठाउनु महत्वपूर्ण बनेको छ।' बस्नसमेत जमिन नपाएको डुम समुदायको पिडा र महिलामथि हुने यौन उत्पीडनको यथार्थ चित्रण भएको उनले बताए।

त्यस्तै आहुतीले नाटकको विषय निकै गम्भिर भएको बताए। भने,'एउटा कथालाई नाटकमा उतार्न गरिएको मिहेनतको महत्व धेरै छ। यो नाटकले पुरुषको सोच संरचना गरेको समाजको कथा भनेको छ।' उनले प्रस्ट्याउँदै भने,'तर, आम महिलाको कथा भने होइन।'

संगीत स्रोताले कलाकारको अभिनय र निर्देशकीय पाटो सशक्त रहेको बताए। भने,'कथा पढ्दा विषय निकै गहिरो लागेको थियो। दृश्यमा ती घटनाहरु हेर्दा निकै आनन्द आयो।' रीता शाहले पनि मधेसका साना साना बस्ती एवं समुदायकाे घटनालाई नाटकमा प्रस्तुत गर्न सफल रहेकोमा कथाकार श्याम शाह र निर्देशक सुलक्षण भारतीलाई धन्यवाद दिइन्। भनिन्,'राजनीतिक र सामाजिक दायित्वमा रहेका पुरुषबाट महिला कसरी हेपिन्छन् भन्ने कुराको चित्रण हो यो नाटक। विशेषगरी एकल र अपाङ्ग महिलामाथि हुने यौन उत्पीडन नाटकमा सफल ढङ्गले प्रस्तुत गरेको उनले बताइन्।

नाटकमार्फत अभिनेता टिका पहारी ४१ वर्षपछि नेपाली रंगमञ्चमा फर्किएका हुन्। यो नाटकमा पहिलो पटक नेपाली रङ्गमञ्चमा प्रोडक्सन डिजाइनको अभ्यास गरिएको छ। प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन्। प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकारलगायत नाटक निर्माणका सम्पुर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ।


ट्रेन्डिङ पोस्ट

Ncell